रामेछाप । रामेछापको दोरम्बा सैलुङ गाउँपालिकमा बिधुत सर्ट भई एक घरमा आगलागी भएको छ । बिधुत सर्ट हुँदा दोरम्बा सैलुङ गाउँपालिका–४ दार्खा स्थित दिपेश मगरको घरमा आगलागी भएको हो ।
आगलागीमा घर भित्र रहेको नगद रु. ६५ हजार, आदि तोला सुन, अन्नपात, लत्ताकपडा, भाडा वर्तन र घर समेत गरी करिब ७ लाख २१ हजार ३ सय रुपैयाँ बराबरको क्षति भएको छ ।
आगो स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको छ ।आगलागीमा मानवीय तथा चौपायको क्षति नभएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
Discussion about this post