रामेछापको मन्थलीमा तीनतला माथिबाट खसेर एक पुरुष गम्भिर घाईते

रामेछाप । रामेछापको मन्थली होटलको तीनतला माथिबाट खसेर एक पुरुष गम्भिर घाईते भएका छन् ।काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ का ५० वर्षिय गोविन्द दास मन्थलीमा रहेको जिएस होटलको तीनतला माथिबाट खसेर गम्भिर घाईते भएका हुन् ।

चौधरी ग्रुप मार्फत मार्केटिङको काम गर्दै आएका दास काठमाडौंबाट बिएबि १८७९ नम्बरको इलेक्ट्रोनिक इको भ्यान मार्फत हिजो दिउँसो मन्थलीमा आएका थिए । सो भ्यानका चालक दास मन्थली १ मा रहेको जिएस होटलमा बास बसेका थिए ।

होटलमा रहेका उनी राति ८ बजे तीन तलामाथिबाट खसेर गम्भिर घाईते भएको रामेछाप प्रहरीले जनाएको छ । गम्भिर घाईते भएका उनलाई सामुदायिक अस्पताल मन्थलीमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पतालमा पठाइएको रामेछापका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक रञ्जन गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!