रामेछापमा राष्ट्रिय परिचयपत्र बितरण सुरु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रामेछापले तीन बर्षपछि राष्ट्रिय परिचयपत्र बितरण गर्न सुरु गरेको छ। तीन वर्षअघिदेखि राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण सङ्कलन गरेको सो कार्यालयले साउन १० देखि राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो।

राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका दुई हजार ५८७ जनाको परिचयपत्र बनेर आएको जिल्ला प्रशासनका कम्प्युटर अपरेटर कुमार श्रेष्ठले बताए। उनका अनुसार कार्यालयबाट परिचयपत्रका लागि आवेदन दिएका र परिचयपत्र तयार भइसकेका सेवाग्राहीको मोबाइलमा सन्देश पठाएर जानकारी दिने व्यवस्था मिलाइएको छ।

रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले जिल्ला प्रशासनले सुरुवाती चरणमा आबेदन दिएका नागरिकको परिचयपत्र वितरण गरिरहेको भन्दै परिचयपत्र लिन सम्बन्धित व्यक्ति नै विवरण संकलनका बेला कार्यालयबाट दिइएको विवरण प्रतिलिपि लिएर उपस्थित हुनुपर्ने बताए। गोरखापत्रबाट

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading