नेपालगञ्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि ललित कुमार रौनियारको मनोनयन दर्ता

काठमाडौ । नेपालगञ्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि आज मनोनयन दर्ता गरिएको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको तर्फबाट संघको अध्यक्षका दावेदार ललित कुमार रौनियारको दर्ता नं. १ रहेको छ ।

संघको आसन्न भदौ २ गते निर्वाचनका लागि निर्वाचन समितिले प्राथमिकताका आधारमा उम्मेद्वारी दर्ता गर्ने निणर्य गरेको थियो । जस पश्चात उक्त समुहले पहिलो नं. मा मनोनयन दर्ता गराउन गएराति देखि नै संघको कार्यालयको गेट अगाडि बसेका थिए ।

रौनियारको अध्यक्षको पदमा शुक्रबार बिहान सवा ११ बजे मनोनयन दर्ता भएको हो । उनको उम्मेद्वारी दर्ता भएपछि रौनियारको दर्ता नं. १ हुन आएको हो । उम्मेद्वारी दर्ताका लागि रातभर कुरेर प्रजातान्त्रिक समुहले पहिलो नम्बरमै उम्मेद्वारी दर्ता गराउन सफल भएको हो ।

उम्मेद्वारी दर्ता गराएपछि प्रजातान्त्रिक समुह तर्फबाट अध्यक्षका दावेदार रौनियारले सम्बोधन गर्दै भने, ‘भदौ २ गते नेपालगँज उघोग बाणिज्य सँघको निर्वाचनमा साझा प्रजातान्त्रिक व्यावसायी समूहको तर्फबाट अध्यक्ष पदमा आज १ नम्बरमा मनोनयन दर्ता गरेको छु ।

आदरणीय उघोगी ब्यवसायि ज्यु, मेरो उम्मेद्ववारी नेपालगँज उघोग बाणिज्य सँघमा रहेको बेथिति बिरुद्ध हो। हामी सबैको रगत र पसिनाले खडा गरिएको यस सँघको गरिमा बचाउने हामी सबैको कर्तव्य पनि हो तसर्थ यस पटक परिवर्तन जरुरी छ ।’

यस्तै, निर्वाचनमा समावेशी प्यानलको तर्फबाट अध्यक्ष पदमा टंक धामीले मनोनयन दर्ता गराएका छन । उक्त समुहले मनोनयन दर्ता गराउन उद्योगी तथा व्यापारीहरु सहित ठूलो जुलुसका साथ पुगेका थिए । निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका दुवै प्यानलले आफ्ना उम्मेद्ववारहरुको आज उम्मेद्वारी दर्ता गराएका हुन ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading