रामेछाप । रामेछापमा विष खाँदा एक जना बृद्धा गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दोरम्बा शैलुंङ गाउँपालिका वडा नं १ गुन्सीका ६० वर्षीय वृद्धा चन्द्रबहादुर कार्की घाइते भएका छन् ।
कार्कीले गत सोमबार अपराह्न ४ बजेतिर विष खाएको र ६ बजे उपचारको लागि काठमाडौ ल्याइएको उनका ज्वाइँ राजन खड्काले जानकारी दिनु भयो ।
उहाँको जानकारी अनुसार कार्की लामो समयदेखि प्यारालाइसिसबाट पीडित हुनु भएको र उहाँले आफ्नै घरमा मेटासिट खाएको ज्वाइँ राजनले बताउनु भयो ।
विष सेवनबाट गम्भीर अवस्थामा पुगेका कार्कीको अहिले काठमाडौँ स्थित क्रिष्ट अस्पतालमा आइसियुमा राखेर उपचार भई रहेको ज्वाइँ राजनले जानकारी दिनु भयो ।
Discussion about this post