माधव नेपाललाई ठूलो झट्का,रामेछाप जिल्ला अध्यक्ष बस्नेत एमालेमा प्रवेश

रामेछाप । नेकपा एकीकृत समाजवादीका रामेछाप जिल्ला अध्यक्ष रमेश बस्नेत पुरानै घर एमालेमा फर्किएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा बस्नेत एमालेमा फर्किएका हुन् ।

उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज रामेछापको मन्थलिमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन् ।

बस्नेत मन्थली नगरपालिकाको पूर्व मेयरसमेत हुन् । स्थानिय तह निर्वाचन २०७४ मा नेकपा एमालेको तर्फबाट मन्थली नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

२०७८ सालमा एमाले विभाजन हुँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एसमा उभिएपछि पार्टीको जिल्ला अध्यक्ष बनेका उनी गत आम निर्वाचनमा गठवन्धनलाई चूनौती दिँदै प्रदेशसभाको उम्मेदवार बनेका थिए ।

तर निर्वाचनमा नराम्रररी पराजित भएपछि पार्टीमा असन्तुष्ट रहेका बस्नेत अन्तत एमालेमै फर्किएका छन् । यता दिनहुँजसो नेता कार्यकर्ताहरु एमालेमा फर्कन थालेपछि पार्टीका केन्द्रीय अध्यक्ष माधव नेपाललाई भने अर्को ठूलो झट्का लागेको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!