रामेछापको ठोसेमा ट्रिपरको ठक्करबाट एक युवकको मृत्यु

रामेछाप । रामेछापकाे गोकुलगंगा गाउँपालिका-२ ठोसेबजार स्थित सडकमा ग-२ ख ०१८७ नम्बरको ट्रिपरले बा.प्र.०२-०२१ प ०२२६ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखा जिरी नगरपालिका-८ बस्ने २९ वर्षीय मिलन खत्री रहेको छ । जिरीबाट ठोसेतर्फ सिमेन्ट लिएर जाँदै गरेको ट्रिपरले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियोे ।

ठक्करबाट गम्भीर घाइते भएका खत्रीलाई घटनास्थलबाट उद्धारगरी जिरी अस्पताल लगिएको र सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा खत्रीको बाटोमै मृत्यु भएको रामेछापका प्रहरी निरिक्षक रञ्जन गिरीले जानकारी दिनुभयो ।

उहाँको जानकारी अनुसार ठक्कर दिने ट्रिपर र चालक पूर्व नवलपरासीका ३५ वर्षीय राजेश खनाललाई प्रहरी चौकी ठोसेले नियन्त्रणमा लिएको  र दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको रामेछाप प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!