त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद भएको १०० किलो सुन तस्करीमा दोलखाको २ जना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको करिब सय किलो सुन काण्डमा जोडिएका दोलखा जिल्लाका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुन जडित ब्रेक सु ल्याउने कम्पनीका मालिक २१ वर्षीय युवकसहित दुई जना रहेका छन् ।

ब्रेक सुको आयातकर्ता रेडी ट्रेड्स प्राली रहेको राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीले बताए । रेडी ट्रेडर्सका सञ्चालक २१ वर्षीय दीलिप भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

दोलखाको मेलुङ गाउँपालिका-१ स्थायी बासिन्दा दीलिपसँगै मेलुङ-३ कै ५३ वर्षीय रामकुमार भुजेल पनि पक्राउ परिसकेका छन् । दीलिप र रामकुमार आफन्त भएको बुझिएको छ ।

पक्राउ परेकालाई म्याद थपका लागि उच्च अदालत पाटन लैजान तयारी भइरहेको छ । सुन बरामदपछि अनुसन्धानका क्रममा उनीहरु सहित ५ जना पक्राउ परेका छन् । सुन भित्र्याउने मुख्य योजनाकारको भने खोजी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!