रामेछाप । रामेछापमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रामेछाप नगरपालिका ५ का १६ वर्षीय रितिक सुनुुुुुुुुुुुुुुुुुुवार र अन्दाजी १६ वर्षीय सुवेन्द्र सुनुवार पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन ।
घरबाट करिब ३ किलोमिटर टाढा गाईटार भन्ने स्थानमा पौडी खेल्न भनेर ४ जना सुनकोशी नदीमा गएका थिए ।
सोही क्रममा तीमध्ये दुई जना पौडी खेल्ने क्रममा बेपत्ता भएका रामेछापका सूचना अधिकारी राजु ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार वेपत्ता भएकाहरुको खोजीकार्य भइरहेको बताउनु भयो ।
Discussion about this post