गौरीशंकर गाउँपालिका उपाध्यक्ष तामाङको निधन

रामेछाप । दोलखाको गौरीशङ्कर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ । गौरीशङ्कर गाउँपालिका–६ चङ्खु स्थायी घर भएका तामाङको आइतबार निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि दुई दिनअघि अस्पताल भर्ना भएका तामाङको आज उपचारका क्रममा गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा निधन भएको हो ।

तामाङ कामको सिलसिलामा काठमाडौँ पुगेका बेला एक्कासि पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि दुहिदिनअघि भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना भएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई मुटुमा समस्या देखिएको आशङ्कामा मध्यपुर थिमि अस्पतालले गङ्गालाल हृदयरोग केन्द्र बाँसबारी रिफर गरेको थियो ।

तामाङलाई शनिवार बाटै आइसियु कक्षमा राखेर उपचार गरिएकोमा स्वास्थ्यमा जटिल समस्या देखिएपछि शनिवार दिउँसो शल्यक्रिया गरिएको पारिवारिक स्रोतले जनाएको छ । तामाङको निधनको खबरपछि गौरीशङ्कर गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासी तथा दोलखाका राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा पुगेका छन् ।

अन्दाजी ५५ वर्षीय तामाङ गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । नेपाली काँग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय तामाङ काँग्रेस र माओवादीको गठबन्धनबाट विजयी भएका थिए ।

उनी २०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading