खिम्ती जलविद्युत आयोजनामा कार्यरत सब ओभरसियर कार्की खोलामा खसेर बेपत्ता

रामेछाप । खिम्ती २ जलविद्युत आयोजनामा कार्यरत ईन्जिनियर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिरी ४ घैलेश्वारा घर भएका सव ओभरसियर कुशल कार्की रहेका छन् । उनी खिम्ती २ जलविद्युत आयोजनाको हेडवक्सबाट चिप्लिएर खिम्ती खोलामा खस्दा बेपत्ता भएका हुन् ।

जिरी नगरपालिका वडा नम्बर ८ बोक्सेमा हेडवक्सको काम गर्ने क्रममा कार्की चिप्लिएर खोलामा खसेको बताईएको छ । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार भारी वर्षापछि खोलामा पानीको सतह बढेका कारण खोजी कार्यमा समस्या भएको छ । इलाका प्रहरी कार्यालय जिरीबाट खटिएको प्रहरी टोली र स्थानीयले उनको खोजी गरिरहेका छन् ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!