काठमाडौ । पुर्व अरनिको यातायातले दोलखाका नागरिकलाई सेवा प्रदान गर्ने उद्धेश्यले बुधबार देखि एअर कन्डिसन सहित व्यवस्थित सिट,वाइफाइ र एसी समेतको सुविधा भएको डिलक्स बस सञ्चालनमा ल्याएको छ।
काठमाडौबाट दैनिक बिहान ६ बजे छुट्ने बस चरिकोट, सुनखानी, सिंगटी, गोंगर र लामाबगर सम्मका यात्रुलाई सेवा दिने गरी व्यवस्था मिलाएको रविन चौलागाँईले जानकारी दिनुभयो । उहाँको जानकारी अनुसार गोंगरबाट पनि बस बिहान ६ बजे छुट्ने चौलागाँईले बताउनु भयो ।
चौलागाईँका अनुसार जिल्लाको विगु गाउँपालिकाको लामाबगर,लप्ची र गौरीशंकर गाउँपालिकाको च्छोरोल्पा हिमतालमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा बृद्धि ल्याउन सुविधाजनक बसले थप टेवा पुर्याउने आसा लिएको यातायात व्यावसायी कर्मचारीहरुले बताएका छन् ।
Discussion about this post