पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु , एक जना बेपत्ता

काठमाडौ । पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा गएराति पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षीय रणबहादुर गुरुङ,  उनकी पत्नी ३१ वर्षीया शिवमाया गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको हो ।

गुरुङका १० वर्षीय छोरा दिनेश गुरुङ भने बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रवक्ता देवेन्द्र दासले जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ता भएका गुरुङको खोजी कार्य जारी रहेको छ ।

यस्तै पहिरोले बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर भत्काए पनि परिवारका सदस्यहरु भने भागेर जोगिन सफल भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो प्रभावित क्षेत्रमा गएराति देखि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली उद्धारमा परिचालित रहेका छन् ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!