पूर्व अरनिको यातायात प्रालिले ४ जिल्लामा विद्युतीय बस सञ्चालन गर्दै

काठमाडौ । पूर्व अरनिको यातायात प्रालिले चार जिल्लामा अब विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।पूर्व अरनिको यातायातले पूर्वका १३ बढी जिल्लामा विगत ५० वर्षदेखि निरन्तर यातायात सञ्चालन गर्दै आइरहेको र अब कम्पनीले विद्युतीय बस सञ्चालन गर्न लागेको पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार खत्री क्षेत्रीले जानकारी दिनु भयो ।

उहाँको जानकारी अनुसार सिन्धुपाल्चोक,दोलखा, काभ्रे र रामेछाप जिल्लामा विद्युतीय बस सञ्चालन गर्न लागेको बताउनु भयो । सिन्धुपाल्चोकको चौतारा र बाह्रविसे, काभ्रेको पलाञ्चोक दोलखाको चरिकोट र रामेछापको मन्थलीमा विद्युतीय बस सञ्चालन गर्न लागेको हो ।

पहिलो चरणमा पूर्व अरनिको यातायातले विद्युतीय बस सञ्चालनको लागि ५२ वटा साना भ्यानहरू ल्याइसकेको र सबै दर्ताको प्रक्रियामा रहेको प्रालिका अध्यक्ष क्षेत्रीले जानकारी दिनु भयो । उक्त विद्युतीय बस पहिलो चरणमा ११, र १९ सिट क्षमताको विद्युतीय बस सञ्चालन हुने र आवश्यकताको आधारमा पुन थप गर्दै लैजाने अध्यक्ष क्षत्रीले भन्नू भयो”।

व्यक्तिगत रुपमा देशका विभिन्न स्थानमा भाडाका विद्युतीय बस सञ्चालन भइरहे पनि संस्थागत रुपमा धेरै संख्यामा विद्युतीय बस सञ्चालन हुन लागेको भने पहिलो भएको पूर्व अरनिको यातायातका अध्यक्ष क्षेत्रीले दाबी गर्नु भयो  । ‘हामी यात्रुहरुलाई धेरै भन्दा धेरै सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालन गर्दे छौ,सबै बसहरू आइसकेको छ,अब केही दिनमा ती सबै रुटहरूमा बस सञ्चालन हुन्छ’, अध्यक्ष क्षेत्रीले भन्नु भयो ।

चौतारा,खाडिचौर,बाह्रविसे,चरिकोट र रामेछापमा एक–एक वटा चार्जिङ स्टेशन निर्माण हुन लागेको र आवश्यकताको आधारमा अन्य स्थानमा समेत आफुहरुकै पहलमा थप चार्जिङ स्टेशन समेत निर्माण गरिने पूर्व अरनिको यातायात प्रालिका सचिव प्रभुराम थापाले बताए । चार्जिङ स्टेशन निर्माण भएपछि निजी सवारीलाई समेत सजिलो हुने छ ।

अहिले बसको भाडा सरह नै यात्रीहरूले भाडा तिरेपछि विद्युतीय बस चढ्न पाउने छन् । विद्युतीय बस सञ्चालन हुने भएपछि ती स्थानमा चार्जिङ स्टेशा समेत अरनिकोले नै स्थापना गर्दे छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading