जिल्ला प्रशासन कार्यालयको चरम लापरबाही , जब कान्छारामको लिंग फेरियो !

काठमाडौं । जिल्ला प्रशासन कार्यालयको लापरबाहीका कारण एक व्यक्तिको नागरिकतामा लिंग परिवर्तन भएको खुलेको छ । धादिङ्गको धुनेवेशी नगरपालिका वडा नम्बर १ स्वाना गाउँ बस्ने फरक क्षमता भएका (बोल्न नसक्ने) कान्छाराम तामाङ्गको लिंग परिवर्तन गरि महिला बनाइएको हो ।

स्थानियका अनुसार राष्ट्रिय परिचय पत्र बनाउनका लागि नागरिकताको फोटो बिग्रिएपछि नागरिकताको प्रतिलिपी बनाउन वडा कार्यालयको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय धादिङ्ग पुगेका थिए ।

पुरानो नागरिकता र वडाको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा पुगेका उनी पुरुष हुन् । तर, कर्मचारीले उनको नागरिकतामा लिंग भने महिला उल्लेख गरिदिएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय धादिङ्गका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भट्टराईले हस्ताक्षर गरेर प्रमाणित गरेका छन् ।

‘बोल्न नसक्ने मान्छे धादिङ्गवेशीसम्म पुगेर नागरिकता प्रतिलिपी ल्याउनु कष्टकर हुन्छ नै । अब फेरी सच्याउनका लागि वडाको सिफारिसदेखि सारा कुरा लिएर फेरि सोही कार्यालयमा पुग्नुपर्छ,’ एक स्थानियले भने,‘यतिसम्म खर्च कति हुन्छ कसले व्यहोर्छ ।’

यस विषयमा प्रतिक्रिया लिन जिप्रका धादिङ्गका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीलाई सम्पर्क गर्दा उनी मिडिया कर्मिमाथि नै आक्रोश पोखे ।

‘तपाईंको कुरा मैले पत्याइन । त्यस्तो भएको भए एक हप्ताभित्र सच्याउन मिल्छ । मिडिया बाजी गर्ने कुरा होइन यो,’ उनले भने,‘उहाँको वडाबाट जे सिफारिस आयो त्यही हुने हो ।’सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका सुचना अधिकारी अधिकारीले वडा कार्यालयलाई दोष दिएपनि वडाबाट सिफारिस भएको कागजातममा भने उनको लिंग पुरुष नै उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!