रामेछापका एक युवक नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता

रामेछाप । रामेछापका एक युवक नुहाउने क्रममा सेतीनदीमा डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका– ५ कृतिगाउँका २४ वर्षीय मिलन तामाङ हिजो साँझ सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्।

तामाङ काठ चिरानको कामको सिलसिलामा डोटी गएका थिए। दिपायल सिलगढी नगरपालिका–३ कैलाडास्थित सेती नदीमा नुहाउने क्रममा डुबेर तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी र स्थानीयले उनको खोजी गरिरहेका छन् तर हालसम्म फेला परेका छैनन्।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!