काठमाडौ । त्रिभुवन विमान स्थल नजिकै गोली चलेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले आइतबार बिहान लागू औषधका कारोबार माथि गोली प्रहार गरेको हो ।
लागु औषध कारोबार गर्ने एक युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी गोली लागेको विमानस्थल प्रहरी उच्च स्रोतले बताएको छ । ती युवकको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको छ । भारतीय नागरिक उनको केएमसी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post