रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकमा झुन्डिएर एक पुरुषले आत्महत्या गरेका छन् ।
लिखु तामाकोसी गाउँपालिका वडा नं. ३ धोबी महतराटोल बस्ने अन्दाजी ५३ वर्षीय बेनीबहादुर महतराले शनिवार आफ्नै घरको छानाको धुरी बलोमा झुण्डिएर ज्यान लिएको ईलाका प्रहरी कार्यालय धोविडाँडालाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिनु भयो ।
उहाँको जानकारी अनुसार बेनीबहादुरले शनिवार दिउँसो ३ बजेको समयमा झुण्डिएर ज्यान लिएको र उनले शव पोस्माटमको लागि गए राति मन्थलीमा ल्याइएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता ढकालले बताउनु भयो ।
Discussion about this post