सुनकोशी नदिमा जीप खस्दा बेपत्ता भएका दुई जनाको शव पाँच दिनपछि गाडीभित्रै भेटियो , एक जना अझै वेपत्ता

काठमाडौ । सुनकोशी नदिमा जीप खस्दा बेपत्ता भएका दुई जनाको शव पाँच दिनपछि फेला परेको छ । अझै एक जना वेपत्ता छन् ।

सीटीईभीटीका दुई जना निर्देशक र अधिकृृत चढेको बिएबि ७४६७ नम्बरको जिप गत शुक्रवार दिउँसो सुनकोशी नदीमा खसेको थियो ।

त्यस लगत्तैदेखि खोजीकार्य जारी राखेको शस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद व्यवस्थापन समितिको टोलीले आज जिप र जिपभित्र दुई जना पुरुषको शव फेला पारेको हो ।

गाडीभित्रै फेला परेका उनीहरुको सनाखत हुन बाँकी रहेको सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो ।

सीटिइभीटिको गाडी नदिमा खस्दा प्रशासन शाखाका निर्देशक कृष्ण केसी, योजना महाशाखाका निर्देशक प्रेमप्रसाद भुर्तेल र विद्युत प्राविधिक भानु पौडेल वेपत्ता भएका थिए । नदिमा भेटिएका शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading