सुनकोसीमा खस्यो सिटिइभिटीको गाडी ,३ उच्च अधिकारी बेपत्ता

काठमाडौं ।मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट सिटिइभिटीको गाडी सुनकोसी नदीमा खसेको छ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका प्रहरीले जनाएको छ।

गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । गाडी पूरै डुबेको र निकाल्न सकिएको छैन ।
प्रहरीका अनुसार गाडीमा सिटिइभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको खुलेको छ। काठमाडौंबाट खोटाङ जिल्लाका प्राविधिक शिक्षालयको अनुगमनमा जाँदै गरेको सीटीईभीटीले जनाएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!