रामेछाप । दोलखाका एक जना पुरुष पक्राउ परेका छन् । फ्रान्स पठाईदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर ३, मिर्गे घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ५० वर्षिय सुरेश कुमार पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ।
पाख्रिनले फ्रान्समा मासिक तलब एक लाख भन्दा धेरै हुने आसवासन दिएर ४ जना व्यक्तीलाई प्रतिव्यक्ति १७ लाख लाग्ने भन्दै ४० लाख उठाएर पाख्रिन फरार भएका थिए । फरार रहेको पाख्रिनलाई जिल्ला प्रहरी कार्यालय ललितपुरबाट खटिएको प्रहरी टोलीले पुल्चोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका पाख्रिनलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाईएको काठमाण्र्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।
Discussion about this post