रामेछापको लिखु तामाकोसीका दाजुभाइ सहित ८ जना पक्राउ

रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाका २ जना पुरुष सहित ८ जना पक्राउ परेका छन् ।उनीहरुले करिब २ करोड पर्ने रक्त चन्दनको तेलसहित अवैध कारोबार गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लिखुतामाकोशी गाउँपालिका–२ सैपु घर भई हाल काठमाडौंको चाबहिल सरस्वती नगर बस्ने बर्ष ३९को गोकर्णहरि दाहाल र काँडाघारी बस्ने बर्ष २५ को नवीन दाहाल सहित ८ जनालाई पक्राउ गरेको प्रहरी जनाएको छ।

प्रहरीको अनुसार पक्राउ पर्ने हरुमा कालिकोटको रासकोट नगरपालिका घर भई हाल काठमाडौँको चाबहिल बस्ने २८ वर्षीय विरोद बराल, सुर्खेको वीरेन्द्रनगर–१५ घर भई हाल कलङ्की बस्ने ३६ वर्षीय ज्ञानबहादुर ओली,चाबहिल बस्ने ३० वर्षीय सुशील पाठक, बाँकेको कोहलपुर नगरपालिका–११ घर भई हाल चाबहिल सरस्वती नगर बस्ने ५८ वर्षीय निलकान्त भुसाल, धादिङको नीलकण्ठ नगरपालिका–९ घर भई हाल जडीबुटी बस्ने ६३ वर्षीय मोहन बहादुर विश्वकर्मा र सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–६ घर भई हाल महाकाल बस्ने ४० वर्षीय खेमराज घिमिरेलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading