भारतमा २ हजारको नोट नचल्ने केन्द्रीय बैंक आरबी आईको घोषणा

काठमाडौं । भारतको केन्द्रीय बैंक (आरबीआई)ले दुई हजार दरको नोट नचल्ने घोषणा गरेको छ । शुक्रबार आरबीआईले ३० सेक्टेम्बरसम्म २०२३ सम्म मात्र नोट चल्ने घोषणा गरेको हो । सन् २०१६ मा नोटबन्दीपछि दुई हजारको नोट प्रचलनमा आएको थियो ।

एकपटकमा २० हजार दरको मात्र नोट साट्न सकिनेछ । आरबीआईले दुई हजार दरको थप नोट बैंकले ग्राहकलाई दिन नपाउने पनि उल्लेख गरेको छ । सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोटबन्दीको घोषणा गरेका थिए ।

नेपालमा रहेको नोट त्यो बेला साटिएको थिएन । अहिले दुई हजार दरको भारतीय नोट नेपालमा कारोबार गर्न प्रतिबन्ध छ । तर, सीमावर्ती क्षेत्रमा भने यसको प्रयोग हुने गरेको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading