रामेछापमा ट्रिपर दुर्घटना, चालक गम्भिर घाईते

रामेछाप । रामेछापमा ट्रिपर दुर्घटना हुँदा चालक गम्भिर घाईते भएका छन् । दुर्घटनामा परी मन्थली नगरपालिका १४ फुलासीका ३२ वर्षिय ट्रिपर चालक सुरज तमाङ गम्भिर घाईते भएका हुन् ।

खाँडादेवि गाउँपालिका ४ सिम्लेस्थित रजगाउँबाट बालुवा लोड गरेर खाँडादेवितर्फ जाँदै गरेको बा २ क ८१६६ नम्बरको ट्रिपर आज दिउँसो आफै अनियन्त्रित भएकार दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भिर घाईते भएका तमाङलाई तामाकोसी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!