रामेछापका पूर्वसभासद् आङटावा शेर्पालाई २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पालाई अदालतले दुई दिन थुनामा राख्न अनुमति दिएको छ । भुटानी शरणार्थीको कोटामा नेपाली नागरिकलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले शेर्पाबारे अनुसन्धान गरिरहेको छ ।

आफ्नो संलग्नताबारे प्रहरीले अनुसन्धान थालेपछि शेर्पाले हिजो साँझ जिल्ला प्रहरी परिसर काठमाडौँमा आत्मसमर्पण गरेका थिए । शेर्पालाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले जानकारी दिनुभयो ।

२०७० सालमा रामेछाप १ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेसन प्रतिनिधि हुन् । शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीलाई आङटावाले हिरासतमा पुगेर भेटेको आरोप लागेको छ । दुलाल र भण्डारी २०७९ साल चैत १२ गतेदेखि हिरासतमा छन् ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading