रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाका एक पुरुष सहित २ जना पक्राउ परेका छन् ।जवरजस्ती करणी मुद्धामा फरार रहेका लिखु तामाकोशी गाउँपालिका ३ का ४९ वर्षीय सिंग बहादुर कामीलाई पक्राउ गरेको हो ।
कामीलाई ३ वर्ष ५ महिना ७ दिन कैद र एक लाख रुपैंया जरिवानाको फैसला गरेको थियो । तर उनीहरु फरार थिए ।
त्यसैगरी कुटपिट अंगभंग मुद्धाको फरार रहेका रामेछाप नगरपालिका–५ का ३२ वर्षीय दिप कुमार तामाङलाई पनि पक्राउ गरेको छ। तामाङलाई जिल्ला अदालत रामेछापले ५ महिना ३ दिन कैद र पाँच हजार रुपैंया जरिवानाको फैसला गरेको थियो । तर तामाङ फरार रहेका थिए ।
अहिले पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत रामेछापमा पेस गरी रामेछाप कारागार चलान भएको रामेछाप प्रहरीले जनाएको छ ।
Discussion about this post