रामेछापमा वडा अध्यक्ष पौडेल माथि आक्रमण

रामेछाप । रामेछापमा वडा अध्यक्ष पौडेलमाथि आक्रमणको प्रयास भएको छ । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ५ पकरबासका वडा अध्यक्ष मनोज पौडेलमाथि आक्रमण प्रयास भएको हो ।

पौडेलल गाउँ कार्यपालिका कार्यालयबाट प्रदेश ३–०२–००१ मोटरसाइकलमा चढेर घर फर्कँदै गर्दा पकरबासको सिकारी डाँडामा बाटो छेकी स्थानीय बिराज श्रेष्ठको नेतृत्वमा आएका मानिसहरूले पौडेलले माथि बिहीबार आक्रमणको गरेका हुन् ।

स्थानीयले वडा अध्यक्ष पौडेल चढेको सरकारी मोटरसाइकल समेत तोडफोड गरेका छन् । आफू माथि आक्रमण भएपछि पौडेल भागेर ज्यान बचाएका थिय भने आक्रमणबाट मोटरसाइकलमा क्षति भएको छ ।

सो वडाको वडा कार्यालय भवन बनाउने स्थानको बिषयमा विषयमा विवाद भएको सोही बिषयलाई लएर स्थानीयले आफुमाथि आक्रमण गरेको वडा अध्यक्ष पौडेलले बताउनुभयो । ‘वडाको आफ्नै जग्गा भएको ठाउँ पकरबासको ठाँटीमा भवन बनाउन सुरु गरेपछि फुल्पा क्षेत्रकाले सो स्थानमा भवन बनाउँदा अपायक पर्ने भन्दै विरोध जनाउँदै आएका थिए, सोही विषयमा म माथि अक्रमण भयो’,उहाँले भन्नुभयो ।

तर वडा कार्यालयको जग्गा सोही ठाउँमा मात्र रहेको र यस अघि वडा कार्यालयले सोही स्थानमा रहेको कच्ची भवनबाट सेवा दिँदै आएकोले पुरानै ठाउँमा पक्की भवन बनाउन लागिएको वडाध्यक्ष पौडेलको भनाइ छ । आक्रमणमा उत्रिएका स्थानीयको समुहले लछार पछार गरी आफुले बोकेको ब्याग खोसेको र मोटरसाइकल पनि टोडफोड गरेको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।

गाउँपालिका अन्तर्गत भवन निर्माणका लागि बजेट परेपछि पुरानो भवन भत्काएर नयाँ भवन निर्माणको लागि काम सुरु गरिएको थियो । सर्वदलीय बैठकले समेत सो ठाउँमा भवन बनाउने निर्णय गरी काम सुरु गरिएपछि स्थानीयले विवाद सुरु गरेका थिए । उनीहरूले भवन निर्माणको लागि गरिएको ले–आउट समेत भत्काइ दिएका थिए ।

वडाध्यक्ष माथि आक्रमण भएको भन्दै खाँडादेवी गाउँपालिकाले विज्ञप्ति जारी गरेर घटनाको निन्दा गरेको छ । गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ वडाध्यक्ष पौडेल माथि आक्रमण गरी उहाँ चढेको सवारी सधान समेत तोडफोड गरी विधिको शासन विपरीत कार्य गरेको प्रति खाँडादेवी गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । सो घटनामा संलग्नलाई पक्राउ गरी तत्काल कानुनी कारबाहीको प्रक्रिया सुरु गर्न पनि गाउँपालिकाले माग गरेको छ ।

हेर्नुस् विज्ञप्ति 

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!