रामेछापमा पोखरीमा डुबेर १० बर्षिय बालिकाको मृत्यु

रामेछाप । रामेछापमा घरयासी प्रयोजनको लागि निर्माण गरिएको सिंचाई पोखरीमा डुबेर १० बर्षिय बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका–४ सालु गैह्राथोका भक्तवहादुर बलम्पाखीकी १० बर्षिया छोरी महनकुमारी बलम्पाखीको बुधबार पोखरीमा डुबेर मृत्यु भएको छ ।

घरमा कोहि नभएको मौका पारेर उनी आफ्नै घर नजिकैको सिंचाई पोखरीमा पसेकी थिईन । बालिका पोखरीमा डुबेको खवर पाउना साथ स्थानीय र प्रहरीले उद्धार गरी थप उपचारका लागि सदरमुकाममा रहेको मन्थली अस्पतालमा ल्याउने क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । उपचारका लागि अस्पताल ल्याएपनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!