काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य दिन प्रति दिन बढ्दै गएको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको हो।
मंगलबार प्रति तोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले बढेर १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ५० रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य स्थिर रहेको छ। मंगलबार प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँ कारोबार भईरहेको चाँदीको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।
Discussion about this post