रामेछापमा मिनिट्रक दुर्घटना हुँदा चालक गम्भिर घाईते

रामेछाप । रामेछापमा इँटा बोकेको मिनि ट्रक दुर्घटना हुँदा चालक गम्भिर घाईते भएका छन् ।

खाँडादेवि गाउँपालिकाबाट मन्थलीतर्फ इँटा बोकेर आउँदै गरेको बा ४ ख ७४४२ नम्बरको मिनि ट्रक वडा नम्बर ७ को मुगिटारमा दुर्घटना भएको रामेछाप प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मन्थली नरगपालिका वडा नम्बर १४ फुलासीका ३२ वर्षिय जनक थापा गम्भिर घाईते भएका हुन् । घटना लगत्तै सवारी चालकलाई उद्धार गरी उपचारका लागि मन्थली अस्पतालमा पठाइएको छ । इँटा लोड गरिएको मिनि ट्रक आफै अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएको थियो ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!