आठ वर्षपछि खुल्यो तातोपानी नाका, चिन तर्फ सामान निर्यात

काठमाडौ । नेपाल चीनबीचको सबैभन्दा ठूलो उत्तरी सीमा सिन्धुपाल्चोकको तातोपानी नाकाबाट आठ वर्षपछि चीनतर्फ निर्यात खुलेको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले दुवै देशबाट आयात–निर्यात खुल्दै नाका सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँका अनुसार दुवै देशमा मालवाहक कन्टेनर आउजाउ हुन थालेका छन्। चीन र नेपालका सुरक्षा निकायको उपस्थितिमा दुवै देशबाट आयात–निर्यात खुलेको छ।

मितेरी पुलबाट तीन वटा कन्टेनरबाट चीनतर्फ मुडा, जुट, म्याट्रिक्स र हस्तकलाका सामग्री पठाएर निर्यात खुलाइएको न्यौपानेले बताउनुभयो । तीन वटा कन्टेनर अहिले मितेरी पुल कटेर चिनियाँ भू–भागको झाङ पोर्ट, पार्किङ पुनर्निर्माण भइरहेको बजार क्षेत्रमा पुगेका उहाँले बताउनुभयो । २०७२ वैशाख १२ गतेको भूकम्पको चार वर्षपछि यो नाका २०७६ जेठ १५ देखि आंशिक रूपमा सञ्चालनमा आएको थियो ।

भूकम्पअघि नाकाबाट हस्तकलाका सामग्री, वनस्पति, जडीबुटी, चाउचाउ लगायतका १८२ प्रकारका सामग्री निर्यात हुँदै आएको थियो । यसअघि रसुवाको रसुवागढी नाका गएको चैत १८ गतेदेखि खुलेको थियो । बन्द रहेका अरु नाका पनि आजदेखि खुल्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताउनुभयो।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!