रामेछापको मन्थलीमा गुणस्तर मापदण्ड विपरीत दूध बेच्ने तीन वटा दूध डेरीलाई जरिवाना

रामेछाप । रामेछाप जिल्लामा सञ्चालन भएका ३ डेरी कारबाही परेका छन् । दुधमा गुणस्तर मात्र नभएको पाइए पछि रामेछापका ३ डेरी कारबाहीमा परेका हुन् ।

डेरी व्यवासायिले मनोमानी गरेको भन्दै उपभोक्ताले गुनासो गरेका थिए । सोही गुनासोका आधरमा शुक्रवार प्रशासनले आकस्मिक रूपमा परीक्षण गरेको थियो । अनुगमनको क्रममा दूध गुणस्तरयुक्त नभएको भेटिएको हो ।

जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थलीमा रहेका अमृत डेरी, रामेछाप डेरी र चरञ्जिवी डेरीबाट उपभोक्तालाई विक्रीका लागि तयार पारिएको दूध परीक्षण गर्दा दुधमा न्यूनतम हुनु पर्ने फ्याट र सिएन एफ नभेटिएपछि मन्थलीमा सञ्चालित तीन वटै डेरी कारबाही परेको छ ।

परीक्षणमा न्यून गुणस्तरको दूध फेला परेकाले पहिलो पटक प्रत्येक डेरीलाई १५ हजारका दरले जरिवाना गरिएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading