काठमाडौ । दोलखाको पवटीमा एक महिला मृत फेला परेकी छिन्। मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी निवासी ३२ वर्षीया अम्बिका खरेल मृत अवस्थामा फेला परेकी हुन् ।
हिजो पवटीस्थित अधेरी खोलामा उनको शव फेला परेको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । मानसिक सन्तुलन गुमाएकी खरेल हिजो बिहान करिब ११ बजे आफ्नै घरबाट शैलुङ ७ फस्कु गएकी थिइन् ।
उनी त्यहाँबाट फर्किएपछि पवटीको साँगुतेभिरबाट लडेर अधेरी खोलामा साँझ करिब साढे ६ बजे मृत अवस्थामा फेला परेको मेलुङ गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ईश्वर कोइरलाले जानकारी दिनुभयो । उनी भीरबाट करिब २ सय मिटर तल खसेकी थिइन् ।
अहिले घटनास्थलमा प्रहरी टोली खटिएकाले शवको मुचुल्का उठाउने काम भइरहेको वडाध्यक्ष कोइरालाले बताउनुभयो ।
Discussion about this post