चट्याङ लागेर सिन्धुलीमा ३ जना घाइते

काठमाडौ । सिन्धुलिमा चट्याङ लागेर ३ जना घाइते भएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पानी सहित परेको चट्याङले लागेर ३ जना घाईते भएका हुन् ।

आईतबार राती गोलन्जोर गाउँपालिका ३ ओख्ले बस्ने ५८ बर्षीय दुर्गाकुमारी भुजेलको ढुंगा माटो र जस्ताको छानो भएको २ तले घरको बिजुलीको मिटर बक्समा अचानक चट्याङ लाग्दा घरमा बसिरहेको ३ जना घाईत भएका हुन् ।

घाईते हुनेमा गोलन्जोर गाउँपालिका ३ ओख्ले बस्ने ५८ बर्षीेय दुर्गा कुमारी भुजेल, २८ बर्षीय बुहारी हिरा कुमारी भुजेल र हिरा कुमारीको ८ बर्षीय छोरा निकेश भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाईते भएका तिनै जनाको शरीरको विभिन्न ठाउँमा चोट लागेको र उपचार पश्चात अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले बताउनु भयो ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!