रामेछापमा चट्याङ लागेर घाइते भएका आमाछोरीको उपचारमा खर्च अभाव,सहयोगको अपिल

पुष्कर खड्का 
रामेछाप । रामेछापमा चट्याङ लागेर घाइते भएका मन्थली नगरपालिका –३ कठजोर निवासी ४० बर्षिय सुमित्रा कार्की र १० बर्षिय छोरी सरिता कार्कीलाई उपचार गर्न आर्थिक समस्या भएको भन्दै सहयोगको अपिल गरेका हुन् ।

गत शुक्रबार राल्टार छेउको रनजोर खोलामा लुगा धुन गएको बेला एक्कासि चट्याङ लागेर घाइते भएको र गम्भीर घाइते आमा छोरीलाई काठमाडौंको किर्तिपुर अस्पतालमा उपचार भइरहेको र परिवारका सदस्यले उपचार गर्न आर्थिक अवस्था निकै कमजोर भएको कारण स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपचार गर्नेको लागि सहयोग गर्न आग्रह गरेको  बिरामीको भाइ मदन बुढाथोकी (राजु ) ले आग्रह गरेका छन् ।

साथै आमाछोरीलाई उपचार गर्न वडा कार्यालयबाट पनि सहयोगको गर्न आग्रह गरिएको छ । आमाछोरीको उपचारका लागि आवश्यक पर्ने रकम संकलन गर्नको लागि देश तथा बिदेशमा रहेका संघसंस्था ब्यक्तिलाई पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading