काठमाडौ । काठमाडौंको बाफलचोकमा शुक्रवार राति आगलागीमा परी दोलखाका एक युवकको जलेर मृत्यु भएको आशंका गरिएको छ ।
काठमाडौ महानगरपालिका –१३ बाफलचोकै नजिक नारायणी पेट्रोल पम्प पछाडि श्यामकृष्ण महर्जनको २ तले टिनको टहरामा रहेको गार्मेन्टमा आगलागी हुँदा दोलखाको भीमेस्वर नगरपालिका–बोच स्थायी घर भएका २० बर्षीय भुपेन्द्र बस्नेतको जलेर मृत्यु भएको आशंका गरिएको हो ।
मकवानपुरका निश्चल अग्रवालले संचालन गरेको गार्मेन्ट उद्योगमा सवारी चालकको काम गर्दै आएका बस्नेत आगलागी हुँदा सोही उद्योगभित्र रहेको बताईएको छ । गार्मेन्ट उद्योगभित्रै बस्ने गरेका बस्नेत शुक्रवार राति ८ बजेसम्म सोही स्थानमा रहेको सूचना प्राप्त भएको र आगलागीको घटनापछि उनी सम्पर्कविहिन रहेको परिवारजनले बताएका छन् ।
शुक्रवार राति करिव ११ बजे बाफलमा रहेको गार्मेन्ट उद्योगमा एक्कासी आगलागी भएको थियो । आगलागीवाट गार्मेन्ट उद्योगमा रहेको कपडा, उपकरण लगायतका सामाग्री जलेर नष्ट भएको छ भने मानिसको शरीरको दाहिने खुट्टाजस्तो देखिने पैतलाको भाग जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
कालिमाटी प्रहरी बृतका प्रहरी निरिक्षक लालवहादुर श्रेष्ठले मानिसको खुट्टाको पैतला जस्तो देखिने भाग फेला परेको र सो भागलाई अनुषन्धानका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको जानकारी दिनुभयो ।
Discussion about this post