रामेछापमा नक्कली नागरिकता काण्ड : नक्कली बुबाआमा बनेर जिप्रका रामेछापबाट नागरिकता लिएको खुलासा

रामेछाप । जिला प्रशासन कार्यालय रामेछापबाट नक्कली आमा बुबा खडा गरेर सुजु थोकरले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएकी छिन् । उनले नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष आफैले नागरिकता पाउने व्यक्ति नक्कली भएको भन्दै प्रशासन कार्यालयमा निवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताए ।

मन्थली नगरपालिका–७ भटौलीका राजमान तामाङ र उनकी श्रीमती एलिना तामाङलाई नक्कली आमा बुवा बनाएर सुजु थोकरले नागरिकता लिएकी थिइन् । नक्कली छोरीलाई नागरिकता दिलाउनका लागि वडासचिव श्यामकिशोर साहले जन्म दर्ताको प्रमाणपत्र बनाएका थिए ।

सोही जन्म दर्ताको आधारमा वडाध्यक्ष भुवनहरि प्रसाईले नक्कली छोरी बनाइएकी सुजु थोकरलाई नागरिकता प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा सिफारिस गरेका थिए । वडाको सिफारिसमा नक्कली छोरीले जिल्ला प्रशासन कार्यालय रामेछापबाट २०७९-१२-३० मा २१-०१-७९-०७४०२ नम्बरको नागरिकता लिएकी छन् ।

वास्तविक ठेगाना र पहिचान नखुलेको व्यक्तिलाई वडा कार्यालयबाट जन्म दर्ता र नागरिकता प्रदान गर्न वडा कार्यालयबाट सिफारिस भएको विषयमाथि छानबिन भइरहेको घिमिरेले बताए । उनले अनुसन्धान भइरहेको यो विषय धेरै बोल्न नमिल्ने बताए । तर, अनुसन्धान पछि दोषीलाई कारबाही गर्ने उले प्रतिवद्धता व्यक्त गरे ।

मन्थली नगरपालिकाका–७ का श्यामलाल तामाङले पनि सो घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी दर्ता गराएका छन् । स्थानीय समेत रहेको माओवादी केन्द्रका मन्थली नगर अध्यक्ष दिपक प्रसाई यस विषयमा आफू पुरा जानकार नभएको बताउँछन् । उनले यो विषयमा अनुसन्धान पछि सत्यतथ्य थाहा हुने बताए ।

नक्कली छोरी बनेर नागरिकता लिएको रहस्य बाहिरिएसँगै वडाध्यक्ष भुवनहरि प्रसाईले पनि उक्त नागरिकता खारेज गरी पाउ भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा अर्को उजुरी दर्ता गराएका छन् । अध्यक्ष प्रसाईं कांग्रेसको तर्फबाट निर्वाचित हुन् ।

वडा कार्यालयको कुनै पनि गलत नियत नरहेकाले सो नागरिकता लिने व्यक्तिको नागरिकता खारेज गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । अध्यक्ष प्रसाईंले आफूले जन्मदर्ताको आधारमा सफिारिसमा हस्ताक्षर गरिदिएको बताए ।

पछि यो विषयमा नक्कली आमा बुबा बनेका तामाङ दम्पतीसँग बुझ्दा श्रीमान राजमान तामाङले आफ्नो छोरी नभएको स्वीकार गरेको उनले बताएको अध्यक्ष प्रसाईंले बताए । तर, उनकी श्रीमती एलिना तामाङले भने आफ्नो छोरी दाबी गरेकी छन् ।

निवदेन आएको आधारमा आफूले जन्मदर्तालाई आधार मानेर सिफारिस गरेको अध्यक्ष प्रसाईको दाबी छ । तर, काजगपत्र सबै सचिवले बनाउने भएकाले यसमा सचिव बढी जानकार रहेको उनले बताए । सचिव श्याम किश्वार साह भने यो विषयमा बोल्न चाहेन । उनले यो नागरिकताको विषयमा जिज्ञसा राख्दा आफू व्यस्त भएको भन्दै पन्सिए ।

नागरिकता सम्बन्धी ऐनको दफा २१ को खण्ड ३ मा कसैले नेपाली नागरिकताको छुटो वा किर्ते प्रमाण खडागरी बनाइ प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने र गराउनेलाई १ वर्षदेखि ५ वर्षसम्म कैद र २० हजारदेखि १ लाखसम्म जरिमान गर्ने व्यवस्था रहेको छ । तर, अधिवक्त पाण्डव प्रसाई भने यो विषय वडाकार्यलय आफैले एक्सनमा गएको अवस्थामा यो कानुन नलाग्ने बताउँछन् ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!