रामेछाप । रामेछापमा चट्याङ लागेर आमाछोरी गम्भीर घाइते भएका छन् । चट्याङ लागेर गम्भीर घाइते हुनेमा मन्थली नगरपालिका-३ का कठजोरकी ४० वर्षकि सुमित्रा कार्की र उनकी ९ वर्षकि छोरी अनिता कार्की गम्भीर घाइते भएकी हुन ।
गम्भीर घाइते आमा छोरीलाई उद्धार गरी मन्थली अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डाै पठाइएको साेही वडाका अध्यक्ष कृष्ण गाेपाल थापाले जानकार दिनु भयो ।
उहाँको जानकारी अनुसार उनिहरु आमा छोरी राल्टार छेउकाे रनजाेर खाेलामा लुगा धुन गएकाे बेलामा अचानक परेकाे चट्याङले लागेर गम्भीर घाइते भएका आमा छोरीलाई नगरपालिकाकाे समन्वयमा उपचारको लागि काठमाडौ पठाएको अध्यक्ष थापाले बताउनु भयो ।
Discussion about this post