काठमाडौ । दोलखाको एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल फेसवुकको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको अभियोगमा भीमेश्वर नगरपालिका वडा नम्बर ८ का ३७ वर्षिय शम्भु कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।
उनको आईडीबाट केटी साथीलाई अश्लिल भिडियो, फोटो आफन्त तथा परिवारलाई पठाईदिन्छु भनी धम्की दिने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले केटी साथीलाई धम्की दिँदै रकम समेत मागेको अनुसन्धानबाट खुलेको छ ।
कार्कीलाई आपराधिक लाभ –एक्सर्टसन) सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको छ ।
Discussion about this post