दोलखामा खसी बाख्रा खोज्ने निहुमा अज्ञात समुहले रासायनिक मल खुवाएर ३ वटा बाख्रा र १ वटा खसी मार्दिय

काठमाडौ । दोलखामा बाख्रालाई खुवाउने पानीमा मल मिसाएर बाख्रा मारिएको छ । दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका वडा नं –४ का ६६ बर्षिय कृषक ढालबहादुर दाहालले पालेको बाख्रालाई पानीमा मल मिसाएर बाख्रा मारिएको हो ।

अज्ञात समूहले बाख्राको लागि जम्मा गरिराखेको पानीमा मल खुवाएर माख्रा मारेको परिवारजले बताएका छन् । ढालबहादुरका छोरा गोविन्द दाहालले आफ्ना बुबा आमाले पालेका बाख्रा जम्मा गरिरहेको पानीमा मल घोलेर मारेको बताएका छन् ।

बाख्रा मरेको स्थानमा बारीमा हाल्ने रासायनिक मल खसेको भेटिएको छ । अहिले पीडित किसानको घरमा अनुसन्धानको लागी वडा अध्यक्ष कुमार चौलागाईं लगायतको टोलि पुगेको छ । आज विहान करिब ७ बजे पानीमा मल घोलेर एउटा खसी र २ वटा बाख्रा मारेको पाइएको वडाध्यक्ष चौलागाईले बताउनुभयो ।

उहाँका अनुसार घरपरिवारबाट झुकिएर भएको घट्ना नभएर बाहिरी मानिसलेनै जानीजानी गरेको घटना रहेको देखिएको छ । ३ वटा बाख्रा मर्दा करिब ६० हजार बराबरको क्षति भएको छ । २ वटा बाख्रा भने बिरामी अवस्थामा छन् । यद्धपी कसले बाख्रालाई मल खुवाएर मारेको हो भन्ने बारे केही खुलेको छैन ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!