भेरी नदीको बेलिब्रिज भाँचिदा १ जनाको मृत्यु, ८ घाइते

काठमाडौं । भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मान्छेहरु हिँडिरहेकै अवस्थामा जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको बेलिब्रिज भाँचिएको हो ।

उक्त समयमा पुलमा हिँडिरहेका तीन जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् भने अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

उक्त बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!