रामेछाप । रामेछापमा खसी चोरीगरि विक्री गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका २ मजुवाका ३० वर्षीय हिमाल तामाङलाई खसी चोरी गरी विक्री गरेको आरोपमा पक्राउ गरेको हो ।
उनलाई खाँडावेवीकै चुल्ठेपानीका मनोज बुढाथोकीको २ वटा खसी चोरी गरी सित्खा बजारमा विक्री गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको रामेछाप प्रहरीले जनाएको छ ।
चोरी गर्ने तामाङलाई जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखी जिल्लाम अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post