रामेछाप सैपु ढाँडे बेसीमा एक घरमा आगलागी हुँदा खाद्यान्न,इलेकट्रोनिक्स र कस्मेटिकका सामान जल्यो

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं २ सैपुको ढाँडे बेसीमा एक घरमा आगलागी भएको छ । मंगलबार बिहान २:३० बजेको समयमा स्थानीय इम्रन तामाङको पक्की घरमा आगलागी भएको वडा नं २ का वडा सदस्य केशर कार्कीले जानकारी दिनु भयो ।

तामाङको घरमा आगलागी हुँदा तामाङको इलेकट्रोनिक्स तथा लुगा र कस्मेटिक पसलका सामान पूर्ण रूपमा जलेको छ ।

त्यस्तै सोही घरमा भाडामा बस्दै आएका कुमार गिरीको खाद्यान्न पसलका सामान पनि जलेको छ ।आगो स्थानीय र सिरिसेबाट प्रहरी चौकीका प्रहरी लगायतको सहयोगमा नियन्त्रणमा लिएको छ ।

पसल कोठाबाट सल्किएको कारण मानवीय क्षेती भन्ने नभएको र आगो लागिबाट भएको क्षेतीको बारेमा अनुसन्धान भइरहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!