बिष्णु खड्का
सोलुखुम्बु । नेकपा (एमाले) ले गत फागुन ५ गतेदेखि सुरु गरेको दुई महिने वैचारिक तथा साङ्गठानिक सुदृढीकरण अभियान ‘मिसन ग्रासरूट’ अन्तर्गत विभिन्न जिल्लामा अभिमुखीकरण लगायतका गतिविधि सञ्चालन गरेको छ । सोहि अनुरुप जिल्लाको लिखुपिके गाउँपालिकामा पनि यो अभियान सञ्चालन भएको थियो ।
निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो । एमालेको सचिवालयको पन्ध्रौंँ बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न अभियान सञ्चालन गरी केन्द्रीय, प्रादेशिक र जिल्ला स्थानीय तहस्तरमा खटाउने निर्णय गरेको थियो । अभियानका लागि केन्द्रीय कमिटीका सदस्यहरू दुई महिना स्थानीय तहमै रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजना अनुसार कार्यसम्पादन गर्नुपर्ने पाट्रीको निर्देशन थियो ।
जिल्लाको लिखुपिकेमा पनि अभियानको आइतबार नेकपा एमाले लिखुपिके गाउँकमिटीका अध्यक्ष हिक्मत बहादुर बस्नेतको अध्यक्षता केन्द्रीय सदस्य नरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश सदस्य पोष्ट कुमार कार्की , कुमार राई जिल्ला कमिटी सचिब आश कुमार राई लगायतको बिशेष आतिथ्यतामा दुई महिने अभियानको समापन गरिएको नेकपा एमाले लिखुपिके गाउँकमिटी सचिब तेज बहादुर बस्नेत(बिनोद) ले बताउनुभयो ।
कार्यक्रममा बिभिन्न पाट्री परित्याग गरी ४० जना भन्दा माथि नेकपा एमालेमा प्रबेश गरेको पनि सचिब बस्नेतले बताउनुभयो । कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य नरेन्द्र श्रेष्ठले नेकपा एमाले सर्बहार जनताको पाट्री मात्र नभएर राष्ट्रियता बचाउने शक्ति समेत भएको बताउनुभयो । नेकपा एमाले जनताको पाट्री भएकाले बिस्तारै जनताले बुझ्दै जाने र समाजबादको कल्पना गर्ने बताउनुभयो । साथै उहाँले नेकपा एमाले भित्र रहेको ब्यक्ति सफा हृदय भएको , इमानदार ,नम्र लगायतको भएको र हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले कोशी प्रदेशका सदस्य कुमार राईले दुई महिने अभियानले आफ्नो घर छोडेर जानेहरुले पनि बुझेर आफ्नै पाट्रीमा फर्केको र नयाँ प्रबेशीहरु थपिएकोले कार्यक्रम फलदाई भएको बताउनुभयो । कार्यक्रममा बोल्दै नेकपा एमाले कोशी प्रदेशका सदस्य पोष्ट कुमार कार्कीले सामाजिक सुरक्षा भत्ताको काम समेत नेकपा एमालेले ल्याएकोले आज बालक देखि बृद्व सम्मको रोजाईको पाट्री एमाले रहेको स्पष्ट पार्नुभयो ।
त्यस्तै उहाँले फरक प्रंशगमा पिपक्ष पाट्रीले कुनै पनि नयाँ काम गरेको लिखुपिकेमा देख्नुभएको छ ? त भनेर प्रश्न गर्नुभयो । एमाले पाट्रीमा लागेरै राजनितिक न्याय पाईने भएकाले अब एमाले बाहेक अन्य पाट्री नै जनताले रोज्ने बताउनु भयो । कार्यक्रममा जिल्ला कमिटी सचिब आश कुमार राईले नेकपा एमाले मतको हिसाबले सबैभन्दा परिपक्का पाट्री रहेको बताउनुभयो ।
नेकपा एमाले भित्र रहेका नेता तथा कार्यकर्ताहरु परिपक्क भएकोले नै लामो समयपछि सोलुखुम्बुको एकलौटी शासन ढलेको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य चरित्र भुजेलले कार्यक्रमको शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रममा ५ वटै वडाका नेकपा एमालेका वडा अध्यक्ष , सदस्य, युवा संघ , लगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
Discussion about this post