रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं -३ का एक पुरुषको मृत्यु भएको छ । जिल्ला कारागार रामेछापमा थुनुवामा रहेका स्वाँरा घर भएका ५२ वर्षीय ‘ठुलो कान्छो ’ भनिने बिरे दर्जीको मृत्यु भएको जिल्ला कारागार रामेछापका प्रमुख रूपलाल तामाङले जानकारी दिनु भयो ।
उहाँको जानकारी अनुसार शुक्रवार बिहान कारागारमा एक्कासी चक्कर लाग्यो, पेट दुख्यो भनेपछि हामीले यहाँको उपचार कक्षमा पठायौँ । यहाँ नसक्ने भनेपछि हामीले जिल्ला अस्पताल पुर्याएका थियौँ डाक्टरले उनको निधन भएको जानकारी गराएको कारागार प्रमुख तामाङले बताउनु भयो ।
मृतक दर्जी गत फागुन ४ गते कर्तव्य ज्यान मुद्धामा पुपक्षमा कारागार चलान भएका थिए । दर्जी कारागारमा १ महिना १९ दिन बसेका थिए । उनको शव पोस्ट मार्टम गर्न राखिएको छ । मृतकको परिवार घट्नास्थल तर्फ जाँदै गरेको र त्यसपछि पोष्ट मार्टम हुने प्रहरीले जनाएको छ।
Discussion about this post