रामेछापको । जिल्ला प्रहरी कार्यालय रामेछापले गोकुलगंगा गाउँपालिका ४ बेतालीको लिसेखानीका ८४ बर्षिय शमशेर बहादुर थापामगरको हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका सोही वडाका वर्ष ४५ की रामपियारी खड्का, वर्ष ६२ को मान बहादुर मगर, वर्ष ५२ को नेत्र बहादुर थापामगर र वर्ष ४५ की अनिता भन्ने मनोमाया थापामगरलाई पक्राउ गरेको हो।
यही चैत्र १३ गते राती अपरिचित व्यक्तिहरुले खुकुरी प्रहारबाट गम्भीर घाइते थापामगरको अस्पताल लैजाने क्रममा सोही दिन नै बाटोमै मृत्यु भएको थियो । प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुरको समेत परिचालन गरी विस्तृत अनुसन्धान पश्चात घटनामा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका रामेछापका डिएसपी होम बहादुर पराजुली जानकारी दिनु भयो ।
उहाँको जानकारी अनुसार केन्दीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले र जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको संयुक्त टोलिले घटनामा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको बताउनु भयो । घट्नामा प्रयोग भएको धारिलो हतियार खुकुरी समेत बरामद गरी थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
यो पनि पढ्नुहोस् : रामेछापको गोकुलगंगा गाउँपालिका बेतालीमा खुकुरी प्रहारबाट एक वृद्धको मृत्यु
Discussion about this post