काठमाडौं । ओखलढुंगाको पलापुमा पूर्व अरनिको यातायातले चैत २७ गतेदेखि नियमित सेवा दिने निर्णय गरेको छ । आज बसेको समितिको बैठकले नयाँ वर्षसँगै माग भएका ठाउँहरुमा सेवा विस्तार गर्ने निर्णय गरेको पूर्व अरनिको यातायातका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनु भयो ।
अध्यक्ष क्षेत्रीले दिएको जानकारी अनुसार स्थानीयको मागका आधारमा सम्भाव्यता अध्ययन गरेर त्यस क्षेत्रका यात्रुलाई सेवा दिन २७ गतेबाट पलापुमा नियमित बस सञ्चालन गर्ने निर्णय गरिएको र यात्रुलाई सुलभ र सुरक्षित यात्रा गराउन चालक र सहचालकलाई प्रशिक्षित गरिने अध्यक्ष क्षेत्रीको बताउनु भयो । उहाँको भनाइ अनुसार पूर्व अरनिको यातायातलेपूर्वमा झापा सम्मको सेवा सुरु गरिसकेको जानकारी दिनु भयो
Discussion about this post