दोलखामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु , एक गम्भीर घाइते

काठमाडौ । दोलखामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ट्रकको ठक्करबाट काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका घर भई हाल भीमेश्वर नगरपालिका ६ स्थित चोथाङमा बस्दै आएका २० वर्षीय राजु मगरको मृत्यु भएको हो ।

शनिबार बिहान करिब ७:४५ बजे भिमेश्वर नगरपालिका ७ स्थित दुधडेरी नजिकै काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ९७५ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ९४ प ३२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको दोलखाका प्रहरी निरिक्षक धर्मेकुमार यादवले जानकारी दिनुभयो ।

निरिक्षक यादवले दिएको जानकारी अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका मगरको च्छोरोल्पा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको यादवले बताउनु भयो । दुर्घघट्नामा अर्का एक जना घाईते भएका छन् । मोटरसाईकलमा रहेका धनुषा घर भई दोलखा सदरमुकाम चरिकोटस्थित सातदोबाटो बस्दै आएका अभिशेष शाह घाईते भएको र उनको च्छोरोल्पा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!