बाबुछाेरा मिलेर वडाध्यक्षमाथि कुटपिट , अध्यक्षका ४ वटा दाँत भाँचिए …

काठमाडौ । बैतडीमा बुवाछोरा मिलेर वडा अध्यक्षमाथि कुटपिट गरेका छन् । कुटपिटबाट वडाअध्यक्षको दाँत भाँचिएको प्रहरीले जनाएको छ । मेलौली नगरपालिका–१, का वडा अध्यक्ष शरदसिंह नेगीको चार वटा दाँत भाँचेको आरोपमा बुवाछोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा अध्यक्षमाथि कुटपिट गरेर दाँत भाँचेको आरोपमा प्रहरीले मेलौली –१, का ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारस नेगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

प्रहरी निरीक्षक जोशीले भने, “कुटपिट हुँदा वडा अध्यक्षका चार वटा दाँत भाँचिएका छन् । दाँत भाँच्ने जनार्दशन नेगी वडा कार्यालयकै कार्यालय सहयोगी भएको खुलेको छ । बिहीबार राति पसलमा बसेका बेला विवाद हुँदा बुवाछोरा मिलेर वडा अध्यक्षमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते वडा अध्यक्षको मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!