काठमाडौ । दोलखामा एक किशोरीलाई बलात्कार गरी शिक्षक फरार भएका छन् । जिरी नगरपालिका वडा नम्बर २ स्थित बौद्वभुमेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत १५ वर्षीया नाबालिगलाई बलात्कार गरी एक शिक्षक फरार भएका हुन् ।
शिक्षकले किशोरीलाई गत फागुन १७ गते जिरी बजारस्थित लिंकनको यार्सा होटलमा लगेर २ दिन राखेर पटक–पटक बलात्कार गरेर जिरी नगरपालिका वडा नम्बर ८ स्थित कालीदेवी आधारभुत बिद्यालयमा करारमा कार्यरत शिक्षक गोबिन्द ओली फरार भएका हुन्।
नाम परिवर्तित पिडित भनिएकी (फूलमाया बुढाथोकी) को तर्फबाट उनकी आमाले फागुन २७ गते जिल्ला प्रहरी कार्यालय चरिकोटमा जाहेरी दर्ता गरेकी छन् । किशोरी बलात्कार भएको घटनामा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएपछि हाल घटनाको अनुसन्धान भइरहेको र प्रतिवादी अझै फरार रहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक खड्काले बताउनुभयो ।
Discussion about this post